अन्तर्राष्ट्रिय

तालिवानका नयाँ नेतामा खान सियद

२०७० कार्तिक १७ गते ३:५१

इस्लामावाद, १७ कात्तिक–खान सियद तालिवानका नयाँ नेतामा चयन भएका छन् । पाकिस्तानमा रहेका तालिवानका नेता हकिमुल्लाह मेहसुदलाई अमेरिकी हवाई  आक्रमणबाट हत्या गरिएपछि उनलाई तालिवानले नयाँ नेता चयन गरेको हो । अमेरिकाद्वारा आतङ्ककारी घोषित सो सङ्गठनका प्रमुख हकिमुल्लाह मेहसुदको मृत्युपछि तालिवानहरुले अर्काे नेता चयन गर्ने...

पाकिस्तानलाई अमेरिकाको जवाफ,’महसुद मर्नु जरुरी’

२०७० कार्तिक १७ गते ३:००

काठमाण्डु, १७ कात्तिक–तालिवान नेता हकीमुल्ला महसूदको मृत्युले शान्ति वार्ताको प्रयासमा धक्का लागे पनि हिंसा अन्त्य गर्न पाकिस्तान र अमेरिका दुवैको रणनीतिक हितमा रहेको अमेरिकाले दावी गरेको छ । शान्तिवार्ताको प्रयास जारी रहेकोबेला अमेरिकी ड्रोन हमलामा महसुद मारिएपछि पाकिस्तानले शान्तिप्रकृयामा अमेरिकाले धक्का पुर्याएको भन्दै रोष...

रेलको ठक्करबाट आठजनाको मृत्यु

२०७० कार्तिक १७ गते १:४२

काठमाण्डु, १७ कात्तिक–भारत आन्ध्र प्रदेशको विजयनगरमा रेलको ठक्करबाट आठ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् । अलेप्पी–धनवाद एक्सप्रेस रेलमा आगो लागेको गलत हल्ला फैलिएपछि चालकलाई आपत्कालीन रुपमा रेल रोक्न लगाएर ओर्लिएर भाग्दै गरेका यात्रुहरुलाई अर्कोतर्फबाट आएको रेलले ठक्कर दिएको थियो...

अमेरिकाले नेता मारेपछि नयाँ नेता छान्दै तालिवान, अमेरिकी विमानमाथि आक्रमण सुरु

२०७० कार्तिक १६ गते १३:३८

पाकिस्तान, १६ कात्तिक– पाकिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिवान समूहका नेताको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि तालिवानहरुले अर्काे नेता छान्ने तयारी गरिरहेको बताइएको छ । अमेरिकाद्वारा आतङ्ककारी घोषित सो सङ्गठनका प्रमुख हकिमुल्लाह मेहसुदको मृत्युपछि तालिवानहरुले अर्काे नेता चयन गर्ने प्रयोजनका लागि शनिबार बैठक गरिरहेका विभिन्न...

चीनको पटाका कारखाना विस्फोट, ११ को मृत्यु

२०७० कार्तिक १६ गते १३:३०

बेइजिङ, १६ कात्तिक– चीनको दक्षिणी भागमा अवस्थित गुआङसी प्रान्तमा एक पटाका कारखानामा भएको विस्फोटमा परी ११ व्यक्तिको मृत्यु तथा १७ व्यक्ति घाइते भएपछि प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको समाचार सिन्ह्वा समाचार संस्थाले शनिबार दिएको छ । उक्त विस्फोट शुक्रबार अपरान्ह भएको समाचारमा उल्लेख गरिएको...

पाकिस्तानमा तालिवान प्रमुख मारिएपछि आदिवासीले गरे अमेरिकी चालकविहीन विमानमा आक्रमण

२०७० कार्तिक १६ गते ७:४७

मिरानसाह, १६ कात्तिक–एक दिन अगाडि पाकिस्तानी तालिवान कमान्डर हकिमुल्लाह मेहसुदको अमेरिकी चालकविहीन विमानको आक्रमणमा मृत्यु भएपछि पाकिस्तानका समस्याग्रस्त आदिवासी बसोबास स्थलका वासिन्दाले शनिबार यस्ता विमानमा आक्रमण गरेको स्थानीय वासिन्दा तथा अधिकारीहरूले बताएका छन् । मेहसुदका विषयमा जानकारी दिने व्यक्तिलाई अमेरिकी सरकारले ५० लाख अमेरिकी...

चीन र जापानबीच भनाभन

२०७० कार्तिक १५ गते ११:११

बेइजिङ, १५ कात्तिक- प्रशान्त महासागरीय क्षेत्रमा गत साता चिनियाँ सेनाले सैनिक अस्त्र प्रयोगको अभ्यास गरिरहेको समयमा हस्तक्षेप गरी अति खतरायुक्त उक्साहट गरेको आरोप बेइजिङ्ले टोकियोमाथि लगाएको छ र यसका कारण जापानी नागरिकको जीवन जोखिममा पर्ने चेतावनी शुक्रबार दिएको छ । प्रशान्त महासागरको पश्चिमी भागमा...

इजरायलद्वारा सिरियामा आक्रमण

२०७० कार्तिक १५ गते ९:५६

दमासकस, १५ कात्तिक– इजरायलले हेजबोल्लाह समूहलाई हतियार प्राप्त गर्न नदिन सिरियाको एक सैनिक केन्द्रमा हवाइ आक्रमण गरेको छ भने सिरियाले हालसम्म घोषणा गरेको रासायनिक हतियारलाई निरीक्षकहरूले आफ्नो नियन्त्रणमा लिएको बताएका छन् । साउदी अरेबियाको अल–अरेबिया टेलिभिजनले इजरायलले सिरियाको लाताकिया प्रान्तमा रहेको वायुसैनिक केन्द्रमा आक्रमण...

स्नोडेनले रुसमा काम पाए

२०७० कार्तिक १५ गते ४:५०

काठमाण्डु, १५ कात्तिक–अमेरिकाका गोप्य सूचना सार्बजनिक गरेर चर्चामा आएका अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्वकर्मचारी एडवार्ड स्नोडेनले नयाँ काम पाएका छन् । रुसमा शरण लिएर बस्दै आएका स्नोडेनले त्यहाँको एक प्रमुख निजी वेबसाइटमा काम पाएका हुन् । उनले काम पाएको वेबसाइटको नाम भने खुलाइएको छैन...

राहुल गान्धीसँग स्पष्टिकरण माग

२०७० कार्तिक १५ गते ३:५०

काठमाण्डु, १५ कात्तिक– मुजफ्फर नगर हिंसाबारे दिएको बयानमा आचार संहिता उल्लंघन गरेको भन्दै भारतीय निर्वाचन आयोगले काँग्रेस आईका उपाध्यक्ष राहुल गान्धीसँग स्पष्टिकरण मागेको छ । गान्धीले आचार संहिता उल्लंघन गरेको भन्दै भारतीय जनता पार्टीले निर्वाचन आयोगमा उजुरी दिएको थियो । गान्धीले मुजफ्फर नगरमा भएको...

‘सिरियाका रासायनिक अस्त्र उपकरण नष्ट’

२०७० कार्तिक १५ गते १:५३

"हामीले सिरियाको रासायनिक अस्त्र उत्पादन, मिसावट तथा भर्ने औजारहरुको प्रमाणिकरण ग-यौं र हामीले नष्ट गर्ने सबै कार्यको व्यक्तिगतरुपमा पर्यवेक्षण पनि गरेका छौं"...

ओबामालाई पछारेर पुटिन विश्वकै शक्तिशाली

२०७० कार्तिक १४ गते १३:५८

काठमाण्डु, १४ कात्तिक– रुसी राष्ट्रपति भ्लादमिर पुटिन विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति बनेका छन् । फोर्ब्स पत्रिकाले प्रभावशाली तथा शक्तिशाली व्यक्तिहरुको सूचीमा अमिरेकी राष्ट्रपति बाराक ओवामालाई पछि पार्दै पुटिन नम्बर एकमा आएको हो । फोर्ब्स पत्रिकाले २०१३ को विश्वका प्रभावशाली व्यक्तिको सूचीमा ओबामा दोस्रो नम्बरमा परेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us