अन्तर्राष्ट्रिय

लिविया बैंकको झण्डै साढे ५ करोड लुटियो

२०७० कार्तिक १२ गते ४:१७

काठमाण्डु, १२ कात्तिक–अज्ञात बन्दुकधारीले लिबियाको केन्द्रीय बैंकको करिब ५ करोड ४० लाख अमेरिकी डलर लुटेका छन् । लिबियाको राजधानी त्रिपोलीबाट सिर्त प्रान्ततर्फ रकम लैजादै गरेको गाडिमा बन्दुकधारीले आक्रमण गरी रकम लुटेका हुन् । ५ करोड ४० लाख लिबियाली दीनार र १ करोड २० लाख...

कडा सुरक्षाबीच फिलिपिन्समा निर्वाचनमा

२०७० कार्तिक ११ गते १२:५७

मनिला, ११ कात्तिक– फिलिपिन्समा सोमबार उच्च सुरक्षाकाबीच लाखौं मतदाताहरूले स्थानीय नेता चयनको लागि मतदान गरेका छन् । यस निर्वाचन अगाडि नै २२ व्यक्तिको मृत्यु भएको हुनाले सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । चार हप्ताभित्र निर्वाचनसँग सम्बन्धित विभिन्न हिंसामा २२ व्यक्तिको मृत्यु हुनुको साथै...

जापानी प्रधानमन्त्रीको टर्कीमा दोस्रो भ्रमण

२०७० कार्तिक ११ गते ९:३७

टोकियो, ११ कात्तिक– जापानी प्रधानमन्त्री सिन्जो आबे टर्कीको दोस्रो औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ गएका छन् । भ्रमणको क्रममा आबेले टर्कीका आफ्ना समकक्षी रेसेप तायिप इर्डोगानसँग इस्ताबुलमा मङ्गलबार भेटवार्ता गर्नेछ । द्वीपक्षीय आर्थिक सम्बन्ध सुधारलगायत आणविक शक्ति सहकारिताको विषयमा वार्ता हुने क्योदो समाचार समितिले...

इराक आक्रमणमा ६५ को मृत्यु, अफगानिस्तानमा ११ लडाकूद्वारा आत्मसमर्पण

२०७० कार्तिक ११ गते ७:१६

बग्दाद, ११ कात्तिक–इराकको बग्दाद प्रान्तमा सिया मुसलमान समूदायको बाहुल्यता रहेको क्षेत्रमा आइतबार भएको शृङ्खलावद्ध कारबम विस्फोटमा परी  मृत्यु हुनेको सङ्ख्या  कम्तीमा ४१  पुगेको जनाइएको छ । इराकमा भएको अर्का एक आक्रमणमा २६ व्यक्तिको मृत्यु भएको छ । इराकमा भएको शृङ्खलावद्ध आक्रमणहरुमा कम्तीमा ६५ व्यक्तिको...

मार्केलको फोन टेपबारे ओबामालाई थाहा नभएको दावी

२०७० कार्तिक ११ गते ४:२३

काठमाण्डु, ११ कात्तिक– अमेरिकी सुरक्षा संस्था नेशनल सेक्युरिटिज एजेन्सी (एनएसए)ले जर्मन चान्सलर एन्जेला मार्केलको टेलिफोनमा निगरानी गरिएकोबारे अमेरिकी राष्ट्रपति बराक ओबामालाई थाहा नभएको दावी गरेको छ । एनएसएका प्रवक्ता किथ अलेक्जेण्डरले टेलिफोनहरुमा निगरानी गरिएकोबारे अमेरिकी राष्ट्रपतिसँग कहिल्यै छलफल नभएको जनाएका हुन् । जर्मनीले सन्...

सिरियाली विद्रोहीद्वारा जेनेभा वार्ता वहिष्कार

२०७० कार्तिक १० गते १४:४५

बेरुत, १० कात्तिक– सिरियाली राष्ट्रपति बसार– अल असादको विरुद्ध आन्दोलन गरिरहेका १९ इस्लामिस्ट विद्रोही समूहले संयुक्त राज्य अमेरिका र रसियाको संयुक्त प्रयासमा सिरियाको द्वन्द्व समाधानको लागि हुन गइरहेको ‘अन्तर्राष्ट्रिय शान्ति वार्ता’लाई वहिष्कार गर्ने घोषणा गरेका छन् । विद्रोहीहरु सो समूहले शनिबार अबेर राति एक...

टर्कीका विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय समुदायमाथि आरोप

२०७० कार्तिक १० गते १०:१६

टर्की, १० कात्तिक– बुल्गेरियाली विदेशमन्त्री क्रिस्चियन भाइगेनिनको टर्की भ्रमणको क्रममा टर्कीका विदेशमन्त्री अहमद दाभुतोग्लुबीच भएको भेटवार्तामा दाभुतोग्लुले सिरियाली शरणार्थीको सङ्कट टर्कीमा बढेको बढ्यै भएको बताएका छन् । टर्कीमा बढेको यस समस्यालाई अन्तर्राष्ट्रिय समुदायले वास्ता नगरेको उनले आरोप लगाउनु भएको बताइएको छ । शरणार्थीको यस...

सन् २००२ देखि नै जर्मन चान्सलरमाथि जासुसी

२०७० कार्तिक १० गते ३:४०

काठमाण्डु, १० कात्तिक–जर्मनीको एउटा पत्रिकाले सन् २००२ देखि नै जर्मन चान्सलर एन्जेला मार्केलको फोनमा अमेरिकाले जासुसी गरेकोे खुलासा गरेको छ । दार स्पेईजल नामक पत्रिकाले मार्केल जमन चान्सलर बन्नुपूर्व नै उनको फोनमाथि अमेरिकी जासुसहरुको निगरानी रहेको खुलासा गरेको हो । जर्मन पत्रिकाले अमेरिकी सुरक्षा...

बङ्गलादेशमा गतिरोध अन्त्यको प्रयास, विपक्षीसँग वार्ता गर्ने

२०७० कार्तिक ९ गते १४:४०

ढाका, ९ कात्तिक– बङ्गलादेशमा हाल जारी रहेको राजनीतिक गतिरोधको अन्त्यका लागि प्रयास सुरु गरिने भएको छ । सो प्रयासस्वरुप प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग वार्ता गर्ने भएको बताइएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले सो प्रयासस्वरुप विपक्षी नेत्री खालिदा जियासँग फोनवार्ता गर्ने भएको समाचारमा...

बोको हरामका ९५ लडाकूको मृत्यु

२०७० कार्तिक ९ गते १२:१६

नाइजेरिया, ९ कात्तिक– नाइजेरियाको सेनाले मुलुकको उत्तरपूर्वी भागमा बोको हराम लडाकूहरुसँगको भिडन्तमा करिब ९५ लडाकू मारेको जानकारी दिएको छ । सेनाले यस मुलुकमा गत चार वर्षदेखि चलिरहेको इस्लामी विद्रोह नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ र उसले बोर्नेमा विद्रोहीको शिविर नष्ट गर्न बम तथा स्थल...

भारतमा बाढीका कारण १८ को मृत्यु

२०७० कार्तिक ९ गते १२:१४

नयाँ दिल्ली, ९ कात्तिक– भारतको पूर्वी भागका केही स्थानमा गएको बाढीको कारण १८ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरुले शनिबार दिएका छन् । राष्ट्रिय विपत्ति व्यवस्थापन संस्थाका प्रवक्ता तृप्ति पारुलले दुबै राज्यमा गरी १८ व्यक्तिको मृत्यु भएको आफूहरुले जनकारी प्राप्त गरेको बताइन् । भारतलाई यसै...

विश्वका ३५ नेताको फोनबाट हुने कुराकानी अमेरिकाले सुनेको खुलासापछि नयाँ सम्झौताको खोजी

२०७० कार्तिक ८ गते १४:०९

ब्रसेल्स, ८ कात्तिक–गुप्तचरीका विषयमा सम्बन्ध बिगार्ने गरी विवाद हुन थालेपछि युरोपेली नेताहरूले आतङ्कवादविरुद्धको युद्धमा नभइनहुने साझेदारी कायम राख्न नयाँ सम्झौता आवश्यक भएको बताएका छन । बेल्जियमका प्रधानमन्त्री एलिओ डी रूपोले गोप्य सूचना प्राप्त गर्ने विषयमा अर्थहीन विवाद गर्नुभन्दा नियम बनाइ त्यसमा सहमति हुनु आवश्यक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us