सिरियाली विद्रोहीद्वारा जेनेभा वार्ता वहिष्कार

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १४:४५ मा प्रकाशित

बेरुत, १० कात्तिक– सिरियाली राष्ट्रपति बसार– अल असादको विरुद्ध आन्दोलन गरिरहेका १९ इस्लामिस्ट विद्रोही समूहले संयुक्त राज्य अमेरिका र रसियाको संयुक्त प्रयासमा सिरियाको द्वन्द्व समाधानको लागि हुन गइरहेको ‘अन्तर्राष्ट्रिय शान्ति वार्ता’लाई वहिष्कार गर्ने घोषणा गरेका छन् ।

विद्रोहीहरु सो समूहले शनिबार अबेर राति एक लनलाइन भिडियोमार्फत एक विज्ञप्ति प्रकाशनगरी उक्त घोषणा गरेका छन् । अनलाईन भिडियोमा विद्रोही समूह सुकुर अल– शामका प्रमुख अहमद इसा अल शेखले सो विज्ञप्ति प्रकाशित गरेका जनाइएको छ ।

जेनेभा–२ नाम दिइएको यस सम्मेलन सो विद्रोही समूहको माग र सिरियाली जनताको चाहाना समेत नभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । जेनेभामा हुन गइरहेको यो सम्मेलन राष्ट्रपति बसार–अल असाद विरुद्ध भइरहेको आन्दोलनलाई हटाउने षड्यन्त्र मात्र भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

शनिबार प्रकाशित सो भिडियो विज्ञप्ति शक्तिशाली इस्लामिस्ट समूह लिवा अल– ताविद, आर्रा अल शाम, सकुर अल शाम, आफाद अल रासुल समूहको सहभागीता रहेको समाचारमा जनाइएको छ । सरियामा सन् २०११ का मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामको माग गर्दै सुरु भएको जनआन्दोलनमा एकलाख १५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us