खेलकुद

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म

२०८३ साउन ३ गते १४:५०

काठमाण्डू, ३ साउन– जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ । खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर...

जहाँ आँसु झारे, त्यही मैदानमा इतिहास लेख्ने लक्ष्यमा मेसी

२०८३ साउन ३ गते १४:२८

काठमाण्डू, ३ साउन– अर्जेन्टिनाका कप्तान लियोनल मेसी १० वर्षअघि आफ्नो फुटबल जीवनकै सबैभन्दा पीडादायी क्षणको साक्षी बनेको मैदानमा फेरि उत्रिने भएका छन । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयानुसार आज मध्यरातमा हुने विश्वकप फाइनल खेलमा अर्जेन्टिना स्पेन भिड्दै छन । मेसीका लागि यो केवल...

मेसीले फाइनलमा गोल गर्ने निश्चित छः एम्बाप्पे

२०८३ साउन ३ गते १२:१८

काठमाण्डू, ३ साउन– फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन । आज (आइतबार) राति भएको सेमिफाइनल खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका कप्तान एम्बाप्पेले यस्तो बताएका हुन । उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको...

इंग्ल्याण्डलाई विश्वकपको तेस्रो स्थान, फ्रान्समाथि ६–४ को शानदार जित

२०८३ साउन ३ गते ६:३३

एजेन्सी- फिफा विश्वकप फुटबलमा इंग्ल्याण्डले फ्रान्सलाई ६–४ ले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डले पहिलो हाफमै बनाएको ठूलो अग्रतालाई अन्तिमसम्म जोगाउँदै विजयी बनेको हो । इंग्ल्याण्डको जितमा बुकायो साकाले ह्याट्रिक गरे । डेक्लन राइस र एज्री कोन्साले एक–एक गोल गर्दा...

विश्वकप फाइनलअघि मेसीको प्रतिक्रिया: हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर खेल्नेछौँ

२०८३ साउन २ गते १३:०४

काठमाण्डू, २ साउन– फिफा विश्वकप ०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फेरि एकपटक आफ्नो विश्वव्यापी लोकप्रियताको झल्को दिएका छन । न्यूयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट कार्यक्रममा अमेरिकी फुटबलका महान् टम ब्रेडी, टेनिसका सर्वाधिक ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच र बास्केटबलका चार पटकका ओलम्पिक स्वर्ण पदक...

मेसीलाई रोक्नु स्पेनका लागि ठूलो चुनौतीः मिकेल मेरिनो

२०८३ साउन २ गते १२:५०

काठमाण्डू, २ साउन– स्पेनका मिडफिल्डर मिकेल मेरिनोले विश्वकप फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई रोक्नु आफ्नो टोलीका लागि ‘विशाल चुनौती’ हुने बताएका छन । शुक्रबार न्यू जर्सीको इस्ट हानोभरस्थित स्पेनको प्रशिक्षण शिविरमा सञ्चारकर्मीसँग कुरा गर्दै मेरिनोले अर्जेन्टिनाविरुद्ध खेल्नु नै थप प्रेरणादायी भएको बताएका छन ।...

अर्जेन्टिनाका खेलाडीले प्रदर्शन गरेको राजनीतिक ब्यानरबारे अनुसन्धान गर्न माग

२०८३ साउन १ गते १३:२६

काठमाण्डू, १ साउन– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत हिजो (बिहिबार) राति भएको सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ । अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड टापु...

विश्वकप विजेताले पहिलोपटक ट्रफी र पदकसँगै विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

२०८३ साउन १ गते १२:४६

काठमाण्डू, १ साउन– जारी फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने भएका छन । फिफा प्रतियोगिताको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो । सोमबार, १९ जुलाई, न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलपछि विश्वकप...

अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास’ ब्यानर बोकेपछि विवाद

२०८३ असार ३२ गते १६:४९

काठमाण्डू, ३२ असार– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा बोकेको ब्यानरले नयाँ विवाद निम्त्याएको...

अर्जेन्टिनाले कहिल्यै हार मान्दैन, चुनौतीमा झन् बलियो हुन्छः प्रशिक्षक स्कालोनी

२०८३ असार ३२ गते १३:०३

काठमाण्डू, ३२ असार– जारी फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यो सँगै अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो टोलीलाई इंग्ल्याण्डलाई हराएर फिफा विश्वकपको फाइनलमा...

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

२०८३ असार ३२ गते ११:४२

काठमाण्डू, ३२ असार– जारी फिफा विश्वकप २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्ड विरुद्ध दुई गोल गर्दै साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलमा फाइनलमा प्रवेश गरेको छ । यो सँगै साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ । अमेरिकाको...

विश्वकप फाइन अधि गोल्डेन बुट फेरी मेसीकै कब्जामा

२०८३ असार ३२ गते ११:३५

काठमाण्डू, ३२ असार– जारी फिफा विश्वकप २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २–१ को पुनरागमन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us