मेसीले फाइनलमा गोल गर्ने निश्चित छः एम्बाप्पे

काठमाण्डु टुडे २०८३ साउन ३ गते १२:१८ मा प्रकाशित

काठमाण्डू, ३ साउन– फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन ।

आज (आइतबार) राति भएको सेमिफाइनल खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका कप्तान एम्बाप्पेले यस्तो बताएका हुन । उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन । एम्बाप्पेले भने, ‘मेसीले भोलिको फाइनलमा गोल गर्नेछन् । यो निश्चित छ ।’

उनले थपे, ‘म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु । विश्वकपमा धेरै गोल गर्दा केही पक्षमा खेलाडीको विकास हुन्छ ।’ विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेको उपलब्धिबारे प्रतिक्रिया दिँदै एम्बाप्पेले व्यक्तिगत कीर्तिमान अहिले आफ्नो प्राथमिकता नभएको स्पष्ट पारेका छन ।

उनले भने, ‘विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि म फाइनल खेल्न चाहन्थेँ । व्यक्तिगत रूपमा यो सुन्दर कीर्तिमान हो, तर अहिले मैले त्यसबारे सोच्नु हुँदैन ।’ सेमिफाइनलमा पहिलो हाफमै चार गोल खाएको प्रदर्शनबारे उनले आत्मालोचनासमेत गरे ।

एम्बाप्पेले भने, ‘पहिलो हाफ साँच्चै अविश्वसनीय रूपमा खराब रह्यो । दोस्रो हाफमा हामीले आफ्नो लय र आत्मविश्वास फर्कायौं, तर जित निकाल्न सकेनौं ।’ एम्बाप्पेले इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बनाए। उनी २२ गोलका साथ शीर्षस्थानमा छन्  ।

मेसी २१ गोलसहित दोस्रो स्थानमा छन् । यस्तै, एम्बाप्पे गोल्डेन बुटको दौडमा पनि अगाडि आएका छन् । उनले १० तथा मेसीले ८ गोल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us