काठमाण्डू, २७ असार– काठमाण्डूको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो तर उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
उनलाई सघन कक्ष ९आईसीयू० मा राखेर उपचार गरिएको थियो । उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन ।
उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उनले आत्मदाहको प्रयासको कारण भने खुलेको छैन ।