काठमाण्डू, १८ असार– त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन ।
आज (बिहिबार) शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री सस्मित पोखरेल समक्ष उनले शपथ लिएका हुन् ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई बुधबार सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।