कर्णालीमा खस्यो बस, भिरमा अड्किएको एउटा शव निकालिँदै

काठमाण्डु टुडे २०८३ असार १८ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, १८ असार– दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कतिजना सवार थिए भन्ने अझै खुलेको छैन । दुर्घटनामा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको र उक्त शव निकाल्ने प्रयास भइरहेको थापाले जानकारी दिए ।

बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ । दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us