काठमाण्डू, २७ असार– आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाण्डूको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन ।