जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाण्डु टुडे २०८३ असार २८ गते १७:१० मा प्रकाशित

काठमाण्डू, २८ असार– पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पाल्पाको रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us