काठमाण्डू, २८ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले सुकुम्वासी र जेनजी अभियन्तामाथि सरकारले गरेको व्यवहारप्रति माफी मागेका छन ।
जनताले रास्वपालाई देश निकै नै कठिन र अस्तव्यस्त मोडमा सुम्पिएकाले सफल हुन सहज नभएको उनले बताए । उनले जनतालाई पनि ३ महिनामै सरकारप्रति अत्यधिक धेरै अपेक्षा नराख्न र सरकारलाई पनि ५ वर्षको काम ५ महिनामै पूरा गर्ने हतार नगर्न आग्रह गरेका छन ।