स्वर्णिमसँग छलफल गरेर दुसित थानीबाट निस्किए रवि

काठमाण्डु टुडे २०८३ साउन ३ गते १६:४६ मा प्रकाशित

काठमाण्डू, ३ साउन–सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाण्डू फर्किएका छन् ।

सभापति लामिछाने र अर्थमन्त्रीसमेत रहेका उपसभापति डा.स्वर्णिम वाग्ले शनिबार उक्त रिसोर्ट पुगेका थिए । पत्नि निकितासहित पुगेका लामिछाने केहिबेरअघि होटलबाट निस्किएको स्रोतले जानकारी दिएको छ ।

सुरक्षा श्रोतका अनुसार उनी काठमाण्डू फर्किरहेका छन् । वाग्ले भने केहीबेरमा फर्किने सुरक्षा स्रोतले जानकारी दिएको छ । शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसोर्ट प्रवेश गरेका थिए भने त्यसको केहि समयपछि पत्नि निकितासहित सभापति दिउँसो ३ स् २० बजे पुगेका थिए ।

उनीहरू उपसभापति एवं अर्थमन्त्री बाग्लेकै लगानी रहेको आफ्नै भिल्लामा बसेका थिए । पछिल्लो समय सरकार र पार्टीको तालमेलको विषयमा चर्चा सुरु भएपछि पार्टी सभापति लामिछाने र उपसभापति एवं अर्थमन्त्री वाग्लेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us