काठमाण्डूको कुलेश्वरमा चल्यो गोली, दुई जना पक्राउ

काठमाण्डु टुडे २०८३ साउन ३ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, ३ साउन– काठमाण्डूको कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो ।

लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए। उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद भएको छ ।

गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ । विस्तृत विवरण आउन बाँकी रहेको ब्युरोले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us