टर्कीका विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय समुदायमाथि आरोप

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १०:१६ मा प्रकाशित

टर्की, १० कात्तिक– बुल्गेरियाली विदेशमन्त्री क्रिस्चियन भाइगेनिनको टर्की भ्रमणको क्रममा टर्कीका विदेशमन्त्री अहमद दाभुतोग्लुबीच भएको भेटवार्तामा दाभुतोग्लुले सिरियाली शरणार्थीको सङ्कट टर्कीमा बढेको बढ्यै भएको बताएका छन् ।

टर्कीमा बढेको यस समस्यालाई अन्तर्राष्ट्रिय समुदायले वास्ता नगरेको उनले आरोप लगाउनु भएको बताइएको छ । शरणार्थीको यस समस्या समाधानमा अन्तर्राष्ट्रिय समुदाय असफल भएका उनले बताएका हुन् । सिरियाली शरणार्थी समस्यालाई अन्तर्राष्ट्रिय समुदायले टुलुटुल हेरिरहेको उनले आरोप लगाएका छन् । त्यस्तै सिरियाको यस मानवीय सङ्कटका बेला संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् पनि मौन बसेको जनाएका छन् ।

सुरक्षा परिषद्ले केही न केही उपाय अवलम्बन गर्नुपर्ने उनले बताउनु भएको छ । सिरियाली सङकट हाल सम्मकै सवैभन्दा ठूलो विपत्ति भएको समाचारमा उल्लेख छ । टर्की जस्तो सानो मुलुकले ६ लाख भन्दा बढी सिरियाली शरणार्थीको भार थाम्न परिरहेको दाभुतोग्लु बताउएका छन् ।

स्वजरल्यान्डको जेनेभामा निकट भविष्यमै आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति सम्झौतामा सिरियाली शरणार्थीको कुरा उठाइने दाभुतोग्लुले बताए । त्यसैगरी टर्कीलाई युरोपेली सङ्घ (ई.यु) को सदस्य दिलाउन बुल्गेरियाले सहयोग गर्ने भाइगेनिनको प्रतिवद्धता रहेको जनाइएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us