
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायल र इरानबीचको युद्ब बिराम कार्यान्वयन नहुँदा असन्तुष्टि जनाएका छन । राष्ट्रपति ट्रम्पले इजरायल र इरानलाई कडा चेतावनी दिंदै युद्धविरामलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह समेत गरेका छन ।
दुवैलाई केही घण्टाअघि मात्रै भएको युद्धविराम उल्लङ्घन गरेको भन्दै राष्ट्रपति ट्रम्पले तीव्र आलोचना गरे। उनले पत्रकारहरूसँगको कुराकानीमा कडा भाषामा दुवै पक्षमाथि आक्रमण जारी राखेको आरोप लगाए र भने, ‘म यो रोक्न सक्छु कि सक्दिन, हेर्दै छु।’ ट्रुथ सोसलमा लेख्दै उनले इजरायललाई चेतावनी दिंदै भने ‘बम नझार र आफ्ना पाइलटहरू तुरुन्त घर फर्काऊ ।’
तर उनले स्पष्ट रुपमा कसले युद्ध विराम तोडेको भनेर स्पष्ट पारेनन्। इजरायली सेनाले तेहरानले युद्धविराम लागू भएपछि मिसाइल प्रहार गरेको आरोप लगायो भने इरानी सेनाले यस्ता आक्रमणको खण्डन गर्यो ।
यदि युद्ब विराम कार्यान्वयन भएमा १२ दिनको हिंसात्मक संघर्षको अन्त्य हुने छ जसमा अमेरिका समेत संलग्न भएको थियो। राष्ट्रपति ट्रम्पले अमेरिकी सेनालाई इरानी आणविक साइटहरूमा आक्रमण गर्न आदेश दिएका थिए, जवाफमा इरानले कतारस्थित एक प्रमुख अमेरिकी सैन्य बेसमा मिसाइल प्रहार गरेको थियो ।
नाटो सम्मेलनका लागि नेदरल्यान्ड्स जानुअघि ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै युद्धविराम कार्यान्वयन हुनु पर्ने बताए। सोमबार ट्रम्पले गरेको युद्ध विरामको घोषणा ट्रम्प प्रशासनका केही अधिकारीहरूका लागि समेत अप्रत्याशित थियो।