१२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौंः इरानी राष्ट्रपति मसूद

काठमाण्डु टुडे २०८२ असार ११ गते १६:०६ मा प्रकाशित

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकाय लगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह आग्रह गरेका छन ।

पेजेस्कियनले युद्धविराम लागु भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, ‘आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।’

इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्नुका साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनको दाबी छ । यसैगरी, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएको बताए ।

मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका छन् ।

अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको उनले जिकिर गरे । उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउने आधार उनीहरूको विकासको गति बढाउनु रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us