पतञ्जलि प्रकरणः अख्तियारको तर्फबाट बहस सकियो, माधवका वकिलले थाले

काठमाण्डु टुडे २०८२ असार ११ गते १८:०९ मा प्रकाशित

काठमाण्डू, ११ असार– बिशेष अदालतमा पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस जारी छ ।

विशेष अदालत, काठमाण्डूमा जारी थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस सकिएको छ । अहिले अध्यक्ष नेपालका तर्फबाट वकिलहरूले बहस सुरु गरेका छन् । सुरुमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us