काठमाण्डू, १६ असार– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिनको म्याद थपिएको थियो ।