माधव नेपालको मुद्दामा सुशील पन्तले बहस गरेपछि शम्भु थापाको आपत्ति

काठमाण्डु टुडे २०८२ असार ११ गते १८:१४ मा प्रकाशित

काठमाण्डू, ११ असार– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीले अख्तियारको तर्फबाट बहस पैरवी गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तमाथि प्रश्न गरेका छन ।

नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकोमा आपत्ति जनाएका हुन् । मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यस विपरीत भएको भन्दै उनले प्रश्न उठाएका हुन ।

तर, त्यस विपरीत सरकारी वकिलको साटो स्वतन्त्र कानुन व्यवसायी पन्त बहस पैरवीमा उपस्थित भएको भन्दै उनले प्रश्न गरेका हुन । मुद्दालाई अनावश्यक लम्ब्याउन खोजिएको भन्दै उनले प्रश्न उठाएका हुन् ।

उनले भने, ‘आरोपपत्रमै अरु कानुन व्यवसायीले बहस पैरवी गर्ने भनेको भए हुन्थ्यो । नत्र, सरकारी वकिलले बहस गर्ने भनेर अरु कानुन व्यवसायी उपस्थित गराउनु चाहिँ आपत्तिजनक भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us