काठमाण्डूमा चार तले भवनबाट खसेर दुई मजदुरको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १६ गते २१:४६ मा प्रकाशित

काठमाण्डू, १६ असार– काठमाण्डूको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खरेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २२ वर्ष विशाल चौधरी छन् ।

दरबारमार्गको हिटीपोखरी नजिकै निर्माणाधीन घरको चौथो तलाबाट खसेर सोमबार साँझ दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

९ तले भवनको लिफ्ट मर्मतका क्रममा ती कामदार खसेका जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिए ।

लिफ्टमा ग्रिज लगाउने क्रममा प्रयोग भएको फलामको सिक्री अचानक चुँडिएपछि उनीघर भुईमा बजाजिएर गम्भीर घाइते भएका थिए ।

तत्कालै उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएइए पनि उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । एसपी बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us