उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

काठमाण्डु टुडे २०८३ असार ६ गते ११:२० मा प्रकाशित

काठमाण्डू, ६ असार– महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन । बा।२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो।

बस सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us