धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

काठमाण्डु टुडे २०८३ असार ६ गते ११:३४ मा प्रकाशित

 काठमाण्डू, ६ असार– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन ।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछि यसअघिका सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us