काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् ।
रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा प्रचण्डलाई अतिथिका रुपमा निम्ता दिएको दियो ।
प्रचण्डले आफ्नो साटो नेता वर्षमान पुनलाई पठाउने भएका छन् ।
रास्वपा महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन आफू चितवन जान लागेको पुनले बताए ।
पूर्ण रुपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् ।
निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए ।
त्यसयता प्रचण्ड पहिलोपटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए ।