काठमाण्डू, ६ असार– आज (शनिबार) प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ः०० बजे सिंहदबारस्थित कांग्रेसको संसदीय दलको कार्यलयमा बस्ने एक नेताले जानकारी दिएका छन ।
कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्दाम्बेका अनुसार आजको बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ ।
मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारको काम–कारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् । बैठकमा संसदीय समितिका गतिविधि, संसद्मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।