कडा सुरक्षाबीच फिलिपिन्समा निर्वाचनमा

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १२:५७ मा प्रकाशित

मनिला, ११ कात्तिक– फिलिपिन्समा सोमबार उच्च सुरक्षाकाबीच लाखौं मतदाताहरूले स्थानीय नेता चयनको लागि मतदान गरेका छन् । यस निर्वाचन अगाडि नै २२ व्यक्तिको मृत्यु भएको हुनाले सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

चार हप्ताभित्र निर्वाचनसँग सम्बन्धित विभिन्न हिंसामा २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ जना घाइते भएका समाचारमा उल्लेख छ । घाइते भएका मध्ये दुई प्रहरी अधिकृत र दुई निर्वाचन अधिकारीहरू समेत रहेका जनाइएको छ । ती चार अधिकारीहरूलाई मास्बाते प्रान्तको मध्य द्वीपमा अज्ञात बन्दुकधारीले आइतबार आक्रमण गरेका बताइएको छ ।

सन् २०१० मा भएको स्थानीय निर्वाचनमा सो निवार्चनसँग सम्बन्धीत हिंसा १५ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । सन् २००९ को नोभेम्बरमा निक्रिष्टतम राजनीतिक आमहत्याको रुपमा ५८ व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us