भारतमा बाढीका कारण १८ को मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १२:१४ मा प्रकाशित

नयाँ दिल्ली, ९ कात्तिक– भारतको पूर्वी भागका केही स्थानमा गएको बाढीको कारण १८ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरुले शनिबार दिएका छन् । राष्ट्रिय विपत्ति व्यवस्थापन संस्थाका प्रवक्ता तृप्ति पारुलले दुबै राज्यमा गरी १८ व्यक्तिको मृत्यु भएको आफूहरुले जनकारी प्राप्त गरेको बताइन् ।

भारतलाई यसै महिनामा यस दशकमा सबैभन्दा नराम्रो चक्रवातले प्रभावित बनाएको थियो । पूर्वी राज्य ओडिशा तथा आन्ध्र प्रदेशमा भएका वर्षाका कारण नदीमा बाढी आएका छन् र यसै कारण हजारौँ व्यक्ति आफ्नो घर छोडी शरणका लागि अन्यत्र गएका छ ।

स्थानीय आमसञ्चारले बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । बाढीकै कारण यी राज्यमा हाल रेल सेवा अवरुद्ध बनेको छ । यी राज्यमा फाइलिन चक्रवातले क्षति पुर्‍याएको घर पुनः निर्माण गर्न तथा प्रभावित भएको सेवा पुनः आरम्भ गर्न करिब ३० उद्धार समूह खटिएका छन् ।

प्रवक्ता पारुलले आउँदो ४८ घण्टाभित्र बाढी नियन्त्रण हुने अनुमान गरिएको बताइन् । फाइलिन चत्रवातले पूर्वी तटीय क्षेत्रलाई प्रभावित बनाउँदा कम्तीमा २२ व्यक्तिको मृत्युभएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us