
काठमाण्डू, २५ असार– सरकारले अघि बढाएको भूमिसम्बन्धी विधेयकलाई लिएर प्रमुख सत्तारुढ घटक काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले तीव्र असन्तुष्टि जनाएकी छन् ।
उनले संसदको नियमति कार्यसूचीबाट भूमिसम्बन्धी विधेयक हटाउनसमेत माग गरे ।
बिहीबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
शर्माले पर्याप्त छलफलबिना तत्काल विधेयक अघि बढाउनु उपयुक्त नहुने बताएका छन् ।
‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसद्मा प्रस्तुत हुन लागेकोमा खुला विमति छ’, सामाजिक सञ्जाल एक्समार्फत उनले भनेका छन्, ‘लटरपटर नगरौं । पूर्वसहमति खोजौँ कि समितिमा पठाऊँ । अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस् भूमि विधेयक ।’
संशोधनमार्फत सहमतिको आधार निर्माण नगरी संसदमा विधेयक पेस गरिनु राजनीतिक तथा नीतिगत दृष्टिकोणले गलत हुने उनको भनाइ छ ।