एजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यही वर्ष स्वदेश फर्कने बताएकी छन । भारतीय मिडिया एनडीटीभीमा एक अन्तर्वार्ता दिँदै हसिनाले यस्तो खुलासा गरेकी हुन ।
दुई वर्षअगाडि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनबाट भारतमा शरण लिन गएकी हसिनाको नाममा बंगलादेशमा मृत्युदण्डको सजाय सुनाइएको छ । तर, मृत्युदण्डलाई धेरैले विवादित भनेका छन् ।
विश्वभरबाट सही न्याय निरुपण नभएको भन्दै आलोचना पनि भएको छ । हसिनाले अन्तर्वार्तामा भनेकी छिन्, ‘म यो स्पष्टसँग भन्न चाहन्छु कि हरेक बाधा र षड्यन्त्रलाई चिरेर म यही साल मेरो देश फर्कन्छु ।’
उनले आफूलाई खलनायक बनाएको भन्दै प्रतिवाद गरेर अन्तर्वार्तामा भनेकी छिन्, ‘मविरुद्ध धेरै षड्यन्त्र गरिए । तर, हरेकलाई तोडेर मैले जनताकै मतबाट पाँचपटक प्रधानमन्त्री निर्वाचित भएर देशमा कहिल्यै नभएको विकासका काम गरेँ ।’