
एजेन्सी–भारतमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ ।
अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई–१७१ उडान नम्बरको बी–७८७ ड्रिमलाइनर जहाज धावन मार्ग छाडेको केही मिनेटमै दुर्घटना भएको थियो ।
जहाज दुर्घटनामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पञ्जाब इन्चार्जसमेत रहेका रुपाणीको निधन भएको केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । अधिकारीहरुका अनुसार रुपाणी पत्नी र छोरी भेट्न लन्डन जाँदै थिए ।
यसैबीच भाजपा वरिष्ठ नेता सुनील जाखडले रुपाणीको निधनमा शोक व्यक्त गरेका छन् । रुपाणीले मुख्यमन्त्रीका रूपमा ग्ुजरातका लागि दिएको योगदान सधैं स्मरणीय रहेने उनले बताए ।
मुलुकले एक विनम्र, संवेदनशील र ‘डाउन टु अर्थ’ स्वभावका महान नेता गुमाएको उनले उल्लेख गरे ।
रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातका मुख्यमन्त्री थिए । दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए ।