लिविया बैंकको झण्डै साढे ५ करोड लुटियो

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ४:१७ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक–अज्ञात बन्दुकधारीले लिबियाको केन्द्रीय बैंकको करिब ५ करोड ४० लाख अमेरिकी डलर लुटेका छन् । लिबियाको राजधानी त्रिपोलीबाट सिर्त प्रान्ततर्फ रकम लैजादै गरेको गाडिमा बन्दुकधारीले आक्रमण गरी रकम लुटेका हुन् ।

५ करोड ४० लाख लिबियाली दीनार र १ करोड २० लाख अमेरिकी डलर लुटिएको बीबीसीले जनाएको छ । सिर्त प्रान्तका परिषद प्रमुख अब्दुल फतह मुहमदले घटना पुष्टि गरेका छन् ।

सन् २०११ देखि गृह युद्ध चलिरहेको लिबियामा बैंक डकैतीका यस्ता घटना सामान्य जस्तै बनिसकेका छन् । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us