राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १७:४६ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले उनी पक्राउ परेको पुष्टि गरेका छन ।

उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै भने, ‘प्रहरी परिसर आएका बेला उनलाई केहीबेर अघि पक्राउ गरिएको हो ।’

राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us