भिजिट भिसामार्फत मानव तस्करी प्रकरणः गृहमन्त्री लेखकलाई बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेस

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १८:४८ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– भिजिट भिषामार्फत मानव तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट प्रस्तुत गरेका हुन् । यद्यपि रिट दर्ता हुन बाँकी छ । शनिबार सार्वजनिक बिदा परेकाले रिट दर्ता हुने कि नहुने भन्नेबारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट भिजिट भिसामार्फत दैनिक ५० लाख रुपैयाँ उठाएर मानव तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।

अख्तियारले मानव तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमन प्रमुख सहसचिव सहसचिव तीर्थराज भट्टराईलाई दुई दिनअघि पक्राउ गरेको थियो । आयोगले अध्यागमनमा छापा मारेर कम्प्युटर र कागजात बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us