कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १७:४० मा प्रकाशित

काठमाण्डू, १८ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए ।

पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us