
काठमाण्डू, १३ जेठ– एमाले उपमहासचि प्रदिप ज्ञवालीले सेत्तो हात्ती पाल्नु र राजतन्त्र पाल्नु उस्तै उस्तै भएको तर्क गरेका छन । आज (मंगलबार) नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यसलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन ।
उनले संवैधानिक राजतन्त्र र सेत्तो हात्ती दुवै खर्चिलो हुने समेत बताए । एमाले उपमाहासचिव ज्ञवालीले भने, ‘संवैधानिक राजतन्त्र पाल्नु र सेत्तो हात्ती पाल्नु दुवै उस्तो हो, किनभने दुवै अत्याधिक खर्चिलो हुन्छ, त्यसैले कोहि भ्रममा पर्नु पर्दैन गणतन्त्र भन्दा राजतन्त्र ठिक हो भनेर ।’
पछिल्लो समय गणतन्त्रको केहि कमजोर पक्षलाई आँैलाएर दुर्गा प्रसाँई जस्ता केहि मानिसहरुले समाजमा अराजक र हिंशात्मक क्रियाकलापहरु सुरु गरेको पनि उनले बताए । दुर्गा प्रसाँई लगायतका केहि व्यक्तीहरुले समाजमा भ्रम छरेर गत १५ चैतमा केहि मानिस उत्रारेर हिंशात्मक क्रियाकलाप गरेको भन्दै अव त्यस्तो नहुने बताए ।
उपमहासचिव ज्ञवालीको यो भनाई आगामी जेठ १५ गते राजावादी समुहले काठमाण्डूमा गर्न लागेको आन्दोलन प्रति लक्ष्ति थियो । राजसंस्था पुनर्स्थापना समितिले आगामी जेठ १५ गते काठमाण्डूमा आन्दोलन गर्दै छ । उक्त दिन एमाले पनि आफ्ना नोता कार्यकताहरुलाई काठमाण्डूमा उत्रारेर गणतन्त्र उत्सव मनाउदै छ ।
त्यसैको सन्दर्भमा आयोजीत कार्यक्रमा एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन । साथै उनले ०६२/६३ पछि जन्मेका पुस्ताले राजतन्त्रको अनुभुती गर्न नपाएको भन्दै पछिल्ला पुस्ताले गणतन्त्र त सँच्चै नै गलत हो कि ? गणतन्त्र भन्दा राजतन्त्र नै ठिक जस्ता तर्क गर्न थालेको भन्दै उनले यसबारे एमालेले स्कुलिङ गराउन आवाश्यक रहेको बताए । यसबारे स्पष्ट पार्न नै एमालेले आगामी १५ जेठमा काठमाण्डूमा कार्यक्रमको आयोजना गरेको उनले बताए ।