काठमाण्डू, १९ असार– सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको एसएलआर राइफल पड्किएको छ ।
असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् । बुधबार राति ११ बजेर २० मिनेटको घटनामा २२ वर्षीय प्रहरी जवान अजय कुमार मोता घाइते भएको प्रहरीले जनाएको छ ।
कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकमा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर पड्किएको हो ।
असावधानीपूर्वक गोली चलेर भित्तामा लागेको र गोलीको टुक्राले लागेर जवान मेताको कम्मरमाथि ढाडमा चोट लागेको सप्तरीका एसपी रूपक खड्काले जानकारी दिएका छन ।
घाइते जवानको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।