निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै

काठमाण्डु टुडे २०८३ असार १९ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, १९ असार– निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ । आज (शुक्रबार) देखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो ।

शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रक्तचाप परीक्षण गराएकी थिइन् । निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सिंहदरबारभित्रै संचालनमा ल्याइएको बताइएको छ ।

मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक सचिव कार्यालयका गोमिक सिद्धि शिल्पकारका अनुसार सेवा इकाइले अस्पतालसम्म पुग्नुअघि आवश्यक प्रारम्भिक स्वास्थ्य परीक्षण र परामर्श प्रदान गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us