जापानी प्रधानमन्त्रीको टर्कीमा दोस्रो भ्रमण

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ९:३७ मा प्रकाशित

japan_primeministerटोकियो, ११ कात्तिक– जापानी प्रधानमन्त्री सिन्जो आबे टर्कीको दोस्रो औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ गएका छन् । भ्रमणको क्रममा आबेले टर्कीका आफ्ना समकक्षी रेसेप तायिप इर्डोगानसँग इस्ताबुलमा मङ्गलबार भेटवार्ता गर्नेछ ।

द्वीपक्षीय आर्थिक सम्बन्ध सुधारलगायत आणविक शक्ति सहकारिताको विषयमा वार्ता हुने क्योदो समाचार समितिले जनाएको छ । आबेको यस तीन दिने भ्रमणको क्रम टर्कीका प्रधानमन्त्री लगायत उच्चस्तरीय नेताहरुसँग द्वीपक्षीय स्वतन्त्र व्यापार सम्झौता, सहकार्य र सुरक्षा क्षेत्रको विषयमा विस्तृत छलफल हुने क्योदो बताइएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us