मार्केलको फोन टेपबारे ओबामालाई थाहा नभएको दावी

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ४:२३ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– अमेरिकी सुरक्षा संस्था नेशनल सेक्युरिटिज एजेन्सी (एनएसए)ले जर्मन चान्सलर एन्जेला मार्केलको टेलिफोनमा निगरानी गरिएकोबारे अमेरिकी राष्ट्रपति बराक ओबामालाई थाहा नभएको दावी गरेको छ । एनएसएका प्रवक्ता किथ अलेक्जेण्डरले टेलिफोनहरुमा निगरानी गरिएकोबारे अमेरिकी राष्ट्रपतिसँग कहिल्यै छलफल नभएको जनाएका हुन् ।

जर्मनीले सन् २००२ देखि नै एन्जेला मार्केलको टेलिफोन टेप गरिएको जनाउँदै त्यसबारे सन् २०१२ मा अमेरिकी राष्ट्रपति ओबामालाई समेत जानकारी गराईएको दावी गरेको थियो ।

जर्मन चान्सलरको फोन टेपीङ भएको तथ्य बाहिर आएपछि जर्मनी र अमेरिकाबीचको सम्बन्ध ईतिहासमै सबैभन्दा विग्रिएको आंकलन गरिएको छ ।

एक जर्मन पत्रिका विल्ड एम सोनाटागले एनएसएको स्रोतबाट प्राप्त जानकारी भएको दावी गर्दै अमेरिकी राष्ट्रपतिलाई फोन निगरानी प्रकरणबारे पहिले नै थाहा भएको जनाएको छ । पत्रिकाले ओबामाले टेपिङ रोक्न नभनेको र उनले मार्केलको फोनका विवरणबारे जनकारी चाहेको एनएसए श्रोतले जनाएको पनि पत्रिकाले दावी गरेको छ । एनएसएले भने एक विज्ञप्ति जारी गर्दै पत्रिकाको दावीको खण्डन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us