अन्तर्राष्ट्रिय

मेक्सिकोमा शक्तिशाली भूकम्प

२०७० कार्तिक ३ गते ७:११

मेक्सिको सिटी, ३ कात्तिक–मेक्सिकोको सोनोरा राज्यको इत्चोरोपो तटीय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ६.५ रेक्टर स्केल मापन गरिएको अमेरिकी भौगर्भिक समाचार समितिले  जनाएको छ । सो भूकम्पको बाजा क्यालिफोर्निया सुर राज्यको लोरेटो सहरदेखि १७ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु रहेको जनाइएको छ...

मालदिभ्समा निर्वाचन स्थगनको विरोध

२०७० कार्तिक ३ गते ४:०४

काठमाण्डु, ३ कात्तिक । मालदिभ्समा प्रहरीले राष्ट्रपतिय निर्वाचन अबरुद्ध गरेपछि विरोध शुरु भएको छ । प्रहरीको कदमविरुद्ध प्रमुख शहरहरुमा विरोध प्रदर्शन भैरहेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । शनिबारकालागि तय भएको निर्वाचन प्रहरीले अवरोध गरेपछि स्थगित भएको थियो । प्रहरीले आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर...

राष्ट्रसंघबाट अमेरिकी ड्रोन हमलामा मारिनेको संख्या माग

२०७० कार्तिक २ गते १३:१७

काठमाण्डु, २ कात्तिक– संयुक्त राष्ट्रसंघले अमेरिकी सरकारसंग ड्रोन हमलाबाट मारिनेहरुको संख्या पारदर्शी बनाउन माग गरेको छ । अमेरिकी ड्रोन हमलाबाट पाकिस्तानमा मात्रै चार सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको तथ्य पाकिस्तानी सरकारले सार्वजनिक गरेपछि राष्ट्रसंघले ड्रोन हमलाका मृतकहरुको संख्या पारदर्शी बनाउन माग गरेको हो ।...

फिलिपिन्समा सडक दुर्घटनामा १९ जनाको मृत्यु

२०७० कार्तिक २ गते १०:०७

मनिला, २ कात्तिक–फिलिपिन्सको एटिमोनानमा एक राजमार्गमा भएको सवारी दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा परी दर्जनौ घाइते भएको जानकारी प्रहरीले दिएको छ । यस दुर्घटनामा तीन बस तथा चार ट्रक परेको बताइएको छ । एबीएस–सीबीएन टेलिभिजनले प्रसारण गरेको चित्रमा कम्तीमा १०...

सिरियामा कम्तीमा १६ सैनिकको मृत्यु

२०७० कार्तिक २ गते १०:०७

बेरुत, २ कात्तिक–सिरियाको राजधानी दमासकसनजिकै शनिबार एक कार बम आक्रमण तथा सिरियाली सरकारी सेना र इस्लामी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विद्रोहीको नियन्त्रणमा रहेको नगर म्लेहा, जारामानामा र मुस्लिम द्रुजमा जिहादी अल–नुस्र फ्रन्टका आत्मघाती...

आत्मघाती हमलामा १२ सैनिकको हत्या

२०७० कार्तिक १ गते १५:४५

आदेन, १ कात्तिक–यमनको आदेन सहरमा रहेको एक सैनिक निर्देशनालयमा शुक्रबार गरिएको एक आत्मघाती हमलामा परी सो निर्देशनालयका कम्तीमा पनि १२ जना सैनिकको ज्यान गएको छ । उक्त केन्द्रमा रहेका निर्देशनालयका प्रमुख कमाण्डर गम्भीर रुपमा घाइते भएका छन् । यस हमलाको पूर्ण विवरण आइसकेको छैन...

जहाज दुर्घटनामा परेका १७ शव भेटिए

२०७० कार्तिक १ गते ९:१०

लाओस, १ कात्तिक–लाओसमा तीन दिनअघि भएको जहाज दुर्घटनामा परी मारिएकामध्ये शुक्रबारसम्ममा १७ वटा शव फेला परेको छ । ती सवै सो विमान दुर्घटना भएको स्थल स्थानीय नदीमा भेटिएका हुन् । सो विमान मेकोङ नदीमा खसेर दुर्घटना भएको थियो । लाओसको लाओ विमान सेवाको उक्त...

क्याम्बोडियामा बाढीबाट १५२ को मृत्यु

२०७० कार्तिक १ गते ७:१२

न्होमपेन्ह, १ कात्तिक–क्याम्बोडियाको मेकोङ्ग नदी र अन्य नदीहरुमा आएको बाढीबाट गत पाँच हप्ताभित्र मृत्यु हुने व्यक्तिको सङ्ख्या एकसय ५२ पुगेको छ ।   यस बाढीबाट अन्य चार लाख  १८ हजार सात सय ७० घरपरिवार प्रभावित भएको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समिति (एन्सिडिएम) ले जनाएको छ...

‘बजेट विवादबाट अर्थतन्त्रमा अनावश्यक क्षति’

२०७० असोज ३१ गते १७:३२

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बजेट संकटका सम्बन्धमा हासिल भएको सहमतिका सम्बन्धमा बोल्दै उक्त समग्र प्रकरणलाई आफैले आफूमाथि लादिएको संकट भनि निन्दा गरेका छन्। उनले त्यसबाट अमेरिकी अर्थतन्त्रमा एकदम अनावश्यक क्षति पुगेको बताएका छन्। सरकार आँशिक रुपमा बन्द हुंदा त्यसबाट अमेरिकी आर्थिक बृद्धि सुस्ताएको विश्लेषकहरुको...

फिलिपिन्समा मृतकको सङ्ख्या एक सय ५८ पुग्यो

२०७० असोज ३१ गते १३:४३

लोओन (फिलिपिन्स), ३१ असोज–फिलिपिन्सको पर्यटकीय द्वीपमा गत मङ्गलबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्पको उद्धारकार्यका लागि डुङ्गा र हेलिकोप्टरहरु परिचालन गरिएको छ । मङ्गलबार गएको सो  शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५८ पुगेको छ । भूकम्पबाट अति प्रभावित फिलिपिन्सको बोहोल द्वीपमा पहिरो...

सिरियाको शान्ति वार्ता नोभेम्बरमा हुनसक्ने

२०७० असोज ३१ गते १३:३९

मस्को, ३१ असोज–सिरियाली द्वन्द्वको विषयलाई लिएर अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आगामी महिनामा हुनसक्ने देखिएको छ । सिरियाली उपप्रधानमन्त्री काद्री जमिलले बिहिवार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिएका हुन । उनलाई सोधिएको प्रश्नको जवाफमा आगामी नोभेम्बर २३ र २४ मा सो सम्मेलन हुनसक्ने उनले जानकारी...

इरान– बेलायत दूत नियुक्त गर्न सहमत

२०७० असोज ३० गते १४:२८

तेहरान, ३० असोज–इरान र बेलायत उनीहरुका देशमा एक आपसमा कूटनीतिक अधिकारी दूत नियुक्त गर्न सहमत भएका छन । उनीहरुले हालका लागि आ आफ्ना देशमा कार्यबाहक राजदूत नियुक्त गर्न सहमत भएका छन । उनीहरु आगामी दुई हप्ता सम्ममा ती दूत नियुक्त गर्न सहमत भएको समाचारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us