मेक्सिको सिटी, ३ कात्तिक–मेक्सिकोको सोनोरा राज्यको इत्चोरोपो तटीय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ६.५ रेक्टर स्केल मापन गरिएको अमेरिकी भौगर्भिक समाचार समितिले जनाएको छ । सो भूकम्पको बाजा क्यालिफोर्निया सुर राज्यको लोरेटो सहरदेखि १७ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु रहेको जनाइएको छ ।
मेक्सिकोको सोनोरा र सिनालोया राज्यको सङ्कटकालीन सेवाले तत्काल मानवीय हताहती र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ । यसको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । रासस/सिन्ह्वा