काठमाण्डु, २१ असोज– इजिप्टको सैन्य सरकार र अपदस्थ राष्ट्रपति मोहमद मोर्सिका समर्थकहरुबीच भएको पछिल्लो भिडन्तमा ५० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । सैन्य सरकारले अरब–इजरायल युद्धको ४० औं बर्षगाँठ मनाइरहँदा मोर्सि समर्थकले बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेपछि झडप भएको...
वासिङटन, २० असोज–अमेरिकी सेनाले शनिबार अफ्रिकाका दुई लडाकू समूहमाथि लक्ष्य गरी आक्रमण गरेको छ । एक आक्रमणमा त्रिपोलीको सडकबाट लिबियाका अल–कायदा भनी आशङ्का गरिएका लडाकू नेतालाई पक्राउ गरिएको छ भने सोमालियामा सेबाबका नेताको घरमा शनिबार बिहान हुनुपहिले नै आक्रमण भएको छ । लिबियामा अमेरिकी...
बग्दाद, २० असोज– इराकमा शनिबार भएको शृङ्खलावद्ध आक्रमणमा कम्तीमा ७८ व्यक्तिको मृत्यु भएको छ । इराकको राजधानी बग्दादमा सिया तीर्थयात्रीलाई लक्ष्य गरी गरिएको आत्मघाती बम आक्रमणलगायतको यस आक्रमणहरूको १६६ जना घाइते भएका प्रहरी र स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उत्तरी बग्दादको आधामिया क्षेत्रमा ...
बैँकक, २० असोज–थाइल्यान्डको उत्तरपूर्वी प्रान्तमा आइतबार थाई विमान दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा सवै व्यक्ति सकुशल रहेका जनाइएको छ । उत्तरपूर्वी सहर उडोन थालीमा अवतरणको क्रममा नोक एयर विमानको इञ्जिनमा समस्या आएपछि सो विमान दुर्घटनाग्रस्त भएको हो । सो विमानमा तीन चालक दलका...
काबुल, २० असोज–दक्षिणी अफागानिस्तानमा विस्फोटक पर्दाथ विस्फोटनमा परी चार अमेरिकी सैनिकको मृत्यु भएको नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले जनाएको छ । सो सहयोगबलले विस्फोटनमा मारिएको सबै अमेरिकन नागरिक भएको पनि प्रष्ट पारेको छ । विरोधीहरुले गरेका आक्रमणमा ती चार सैनिकको मृत्यु भएको नेटोद्धारा आइतबार...
काठमाण्डु, २० असोज–ईजिप्टका अन्तरिम राष्ट्रपति अदली मंसुरले ईजिप्टेली जनताकोलागि ईजिप्ट सरकारले संविधान निर्माण गरिरहेको बताएका छन् । ईजिप्टेली जनता ६ अक्टुबरका दिन ईजेप्टेली युद्धको ४० औं वार्षिक उत्सव मनाउने तयारी गरिरहेका बेला राष्ट्रपतिको यस्तो भनाई आएको हो । यता राष्ट्रपतिका सूचना सल्लाहकार अहमद अल...
त्रिपोली, १९ असोज–लिबियाको त्रिपोलीनजिकै रहेको सैनिक पोष्टमा शनिबार भएको एक आक्रमणमा परी कम्तीमा पनि १५ जना सैनिक मारिएका छन् । लिबियाली सेनाको सो पोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरेका थिए । आक्रमणमा परी १५ जना लिबियाली सैनिकको ज्यान गएको पुष्टि भएको छ । लिबियाली सेनाका...
कायरो–इजिप्टको राजधानी कायरोमा भएको भिडन्तमा चारको मृत्यु भएको छ । भिडन्तमा परी अन्य ४० जना घाईते भएको अधिकारीहरुले जनाएका छन । तहरिर स्क्वायरमा भेला भएका इजिप्टका सत्ताच्यूत राष्ट्रपति मोहमद मोर्सीका समर्थकमाथि सुरक्षाकर्मीले अश्रृग्यास र गोली प्रहार भएको समाचारमा जनाइएको छ । पछिल्लो समयमा तहरिर...
डब्लिन, १८ असोज –वित्तीय समस्यामा परेको आयरल्यान्डका जनता शुक्रबार प्रधानमन्त्री एन्डा केनीले संसदको माथिल्लो सभा हटाउन राखेको विवादास्पद प्रस्तावमा जनमत सङ्ग्रहमा गएका छन् । अभिमत सर्वेक्षणहरूले संसदको माथिल्लो सभा सिनाद अर्थात सिनेट हटाउने योजनामा मतदाताले समर्थन गर्ने देखिएको छ । प्रधानमन्त्री केनीले संसदको यो...
रोम, १८ असोज–इटालीमा शरणार्थी चढेको एउटा डुङ्गा दुर्घटनामा परी करिब ३०० जना मारिएको हुनसक्ने आशङ्का गरिएको छ । इटालीको लाम्पेदुसा द्वीप नजिकै उक्त डुँगा दुर्घटना हुँदा त्यसमा परी आजसम्ममा एक सय जनाको ज्यान गइसकेको छ । तर त्यो सङ्ख्या निकै धेरै मात्रामा बढ्नसक्ने पनि...
पराचिनार (पाकिस्तान), १७ असोज–उत्तरपश्चिम पाकिस्तानमा बिहीबार विरोधी कमाण्डरको परिसरलाई लक्ष्यगरी गरिएको एक आत्मघाती आक्रमणमा १५ जना व्यक्तिको मृत्यु भएको भएको छ । आक्रमणको समयमा विद्रोही कमाण्डर नाबी हान्फीको यस क्षेत्रमा उपस्थिति नभएको स्थानीय सरकारी प्रशासनले जनाएको छ । पाकिस्तानको ओराक्जाई आदिवासी क्षेत्रका पाकिस्तानी तालिवानसँग...
नयाँदिल्ली, १७ असोज–भारत सरकारले अपराधी घोषणा भएका सांसद र विधायकहरुलाई बचाउने उद्देश्यले ल्याउन लागेको अध्यादेश फिर्ता लिएको छ । भारत सरकारको यस कदमले सत्तारुढ संयुक्त प्रगतिशिल गठबन्धनका कयौं घटक असन्तुष्ट रहेको जनाईएको छ । भारतका सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले बुधबार साँझ बसेको...