दक्षिणी अफगानिस्तानमा चार अमेरिकी सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २० गते ९:२४ मा प्रकाशित

काबुल, २० असोज–दक्षिणी अफागानिस्तानमा विस्फोटक पर्दाथ विस्फोटनमा परी  चार अमेरिकी सैनिकको मृत्यु भएको नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले जनाएको छ ।
सो सहयोगबलले विस्फोटनमा मारिएको सबै अमेरिकन नागरिक भएको पनि प्रष्ट पारेको छ । विरोधीहरुले गरेका आक्रमणमा ती चार सैनिकको मृत्यु भएको नेटोद्धारा आइतबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलको नीतिअनुसार मारिएका ती सैनिकका विस्तृत विवरण भने दिइएको छैन् ।
अफगानिस्तानमा युद्धरत तालिवानी आतङ्ककारीले गर्ने गरेको विस्फोटक पर्दाथ विस्फोटनमा अफगान र विदेशी सैनिकलगायत अफगान नागरिकका हत्या हुने गरेको छ  ।
अफगानिस्तानमा तालिवानसँगको युद्धमा ७८ हजार भन्दा बढी नेटो सैनिक युद्धरत छन् ।
आगामी वर्षको अन्त्यसम्ममा त्यहाँबाट नेटो सैनिक फिर्ता भइसक्न नेटासँग आवद्ध सबै देशहरुले निर्णय गरिसकेका छन् । त्यसपछि अफगानिस्तानमा शान्ति अवस्था कस्तो हुने हो सो चिन्ताको विषय बनेको छ । रासस ÷एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us