आत्मघाती आक्रमणमा १५ को मृत्यु

काठमाण्डु टुडे २०७० असोज १७ गते ७:५० मा प्रकाशित

पराचिनार (पाकिस्तान), १७ असोज–उत्तरपश्चिम पाकिस्तानमा बिहीबार विरोधी कमाण्डरको परिसरलाई लक्ष्यगरी  गरिएको एक आत्मघाती आक्रमणमा १५ जना व्यक्तिको मृत्यु भएको भएको छ ।
आक्रमणको समयमा विद्रोही  कमाण्डर नाबी हान्फीको यस क्षेत्रमा उपस्थिति नभएको स्थानीय सरकारी प्रशासनले जनाएको छ । पाकिस्तानको ओराक्जाई आदिवासी क्षेत्रका पाकिस्तानी तालिवानसँग हान्फी युद्धरत रहेका जनाइएको छ ।
बालान्दखेल गाउँमा रहेको हान्फीको परिसरमा पहिले बन्दुकधारीले आक्रमण गरेका र पछि आत्मघाती आक्रमणकारीले आक्रमण गरेको जनाइएको छ । जसमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस आक्रमणमा अन्य ६ जना घाइते भएको पनि एपी समाचार समितिले जनाएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा नलिएको जनाइएको छ । तर प्रहरीले यस आक्रमणमा पाकिस्तानी तालिवानकै हात रहेको अनुमान गरेको छ ।
स्थानीय आदिवासी नेता मलिक नेक मार्जाआनका अनुसार पाकितानी तालिवानीविरुद्धको युद्धमा पाकिस्तानी सरकारले हान्फीको समूहलाई समर्थन गरिरहेको छ  ।
गतहप्ता मात्र शक्तिशाली भूकम्पको कारण कम्तीमा ३७६ व्यक्तिको मृत्यु भएको बलुचिस्तान प्रान्तमा बुधबार पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा भएको बम विस्फोटबाट कम्तीमा ६ व्यक्तिको मृत्यु भएको पाकिस्तानी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी गत शनिबार पनि भूकम्प पीडितलाई बोकेर गइरहेका सैनिकमाथि बन्दुकधारीले गरेको आक्रमणमा चार पाकिस्तानी सैनिकको मृत्यु भएको थियो । रासस÷एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us