त्रिपोलीमा पन्ध्र सैनिकको हत्या

काठमाण्डु टुडे २०७० असोज १९ गते १६:०१ मा प्रकाशित

त्रिपोली, १९ असोज–लिबियाको त्रिपोलीनजिकै रहेको सैनिक पोष्टमा शनिबार भएको एक आक्रमणमा परी कम्तीमा पनि १५ जना सैनिक मारिएका छन् ।
लिबियाली सेनाको सो पोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरेका थिए । आक्रमणमा परी १५ जना लिबियाली सैनिकको ज्यान गएको पुष्टि भएको छ ।
लिबियाली सेनाका प्रवक्ताले त्रिपोली नजिकै रहेको अल माल्ती क्षेत्रमा रहेको उक्त पोष्टमा हमला भएको जानकारी दिए । सो आक्रमणमा परी थप चारजना सैनिक घाइते भएका छन् । उक्त पोष्टमा कसले र किन आक्रमण गरेका हुन भन्ने बारेमा भने केही खुलेको छैन । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us