
काठमाण्डू, २५ वैशाख– भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । साथै भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ ।