काठमाण्डू, २१ असार– कांग्रेस सभापति गगन थापाले सरकारको सय दिनको मुल्यांकन गर्दै अहिलेको सरकारलाई जनताको लाइफ भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको बताएका छन ।
आज (आइतबार) आयोजित कार्यक्रममा सभापति थापाले सरकार भर्चुअल तालीमा रमाइरहेको बताएका छन । उनले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दावी गरे ।
थापाले केही व्यक्तिलाई पक्राउ गर्ने कुरामा सरकार रमाइरहेको बताए । सभापति थापाले अहिले देशमा व्यापक भय र त्रासको वातावरण बनाइएको र बोल्न डराउने अवस्था सिर्जना गरिएको बताएका छन । उनले अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको र कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको समेत बताए ।