इराकसँग फराकिलो जित निकाल्दै सेनेगल नकआउट चरण नजिक

काठमाण्डु टुडे २०८३ असार १३ गते ७:५३ मा प्रकाशित

काठमाण्डू, १३ असार– फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ ।

गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना रहेको छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने छ । सेनेगलको यो रवाफिलो जितका लागि खेलको चौथो मिनेटमै हबिब डियराले गोल प्रहार गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि ५५ मिनेटसम्म खेलमा थप गोल हुन सकेन । ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याएका थिए । त्यसपछि खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले दुई वटा गोल गरे ।

त्यसपछि ८२ औं मिनेटमा इलिमान एनडिएले टिमका लागि पाँचौं गोल गरेका थिए । सेनेगल विश्वकपमा एकै खेलमा ५ गोल प्रहार गर्ने पहिलो अफ्रिकी टिमसमेत बन्न सफ भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us