जनकपुरको थापा चोकबाट पेस्तोलसहित दुई युवक पक्राउ

काठमाण्डु टुडे २०८३ असार १३ गते १७:१० मा प्रकाशित

काठमाण्डु– प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकबाट पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधीर मुखिया छन् ।

उनीहरुलाई शनिबार दिउँसो करिब एक बजेतिर थापा होटलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले होटलमा खाना खान आएका उनीहरुले हतियार बोकेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका यादव र मुखियाको साथबाट पेस्तोल, एउटा म्यागजिन र १० राउण्ड गोली बरामद भएको छ । प्रहरीले सो प्रकरणबारे थप अनुसन्धान थालिएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us