गाउँपालिकाको बजेट ल्याउन छाडेर रास्वपाको महाधिवेशनमा गएका गिरीसँग नेकपाले माग्यो स्पष्टीकरण

काठमाण्डु टुडे २०८३ असार १३ गते १५:४५ मा प्रकाशित

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सहभागी भएको खुलासा भएको छ ।

तत्कालीन माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष जितेका गिरी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा छन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश समितिले उनीसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रदेश समितिले रास्वपा महाधिवेशनमा सहभागी भएको विषयमा लिखित स्पष्टीकरण माग गरेको हो ।

गिरी रास्वपाको महाधिवेशन प्रतिनिधिका हैसियतमा महाधिवेशनमा सहभागी भएका थिए ।

गिरी रास्वपा महाधिवेशनका लागि चितवन गएका कारण गाउँसभामा अनुपस्थित थिए ।

गाउँसभामा उपाध्यक्षले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us