संघीयता खारेज गर्न खोजिए मधेसी जनता साथमा लिएर प्रतिकारमा उत्रन्छौंः उपेन्द्र 

काठमाण्डु टुडे २०८३ असार १३ गते १९:११ मा प्रकाशित
काठमाण्डु–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता मास्ने कोसिस भए मधेसी जनता प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
मधेस प्रदेशका प्रतिनिधिसभा सदस्य उम्मेदवारसँग शनिबार जनकपुरमा आयोजित अन्तरक्रियामा यादवले प्रदेश खारेज गर्न खोजिए स्वीकार्य नहुने बताए ।
रास्वपाको चितवनमा सम्मन्न प्रथम महाधिवेशनको प्रतिवेदनमा प्रदेश खारेज गर्ने उल्लेख छ । उनले संघीयता कसैको दयामायाले  नभई नेपाली जनताले लडेर ल्याएको स्पष्ट गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य हुँदैन’, यादवले भने, ‘संघीयता कसैको दया कृपाबाट आएको होइन । यो सयौं मधेशी जनताको बलिदानीबाट प्राप्त उपलब्धि हो । यसलाई कसैले छेडखानी गर्न खोजे जसपा नेपाल मात्र होइन, सम्पूर्ण मधेशी जनता त्यसको प्रतिवाद गर्न सडकमा ओर्लिनेछन् ।’
संघीयताका लागि फेरि एकपटक आन्दोलनमा उत्रने तयारी गर्न मधेशी जनतालाई अपिल गरे ।
फरक प्रसंगमा उनले गत २१ फागुनको निर्वाचनमा भएको पार्टीको पराजय स्वीकार्ने बताए ।
तर, एउटा निर्वाचनको परिणामलाई अन्तिम सत्यका रूपमा नलिन नेता–कार्यकर्तालाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us